चैत
१, काठमाडौं। १० दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
सुरू भएको छ।
चैत ३ मा
हुने उपराष्ट्रपति निर्वाचनलगायत विषयमा आज अपराह्न सुरू भएको बैठकमा छलफल हुने छ।
चैत ३गते हुन लागेको उपराष्ट्रपति निर्वाचनमा सत्ता रामसहायप्रसाद यादव गठबन्धनबाट,
ममता झा जनमत पार्टीबाट र अष्टलक्ष्मी शाक्य नेकपा एमालेबाट उम्मेदवार रहेका छन।
बैठकमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभापति शेरबहादुर देउवा, माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी
छन्।
प्रधानमन्त्रीले
विश्वासको मत लिनेबारे र मन्त्रिपरिषद विस्तारबारे पनि बैठकमा कुराकानी हुने
बताइएको छ।
- न्युज बहार संवाददाता