असोज ८, काठमाडौँ । चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र चिनियाँ समकक्षी ली छ्याङबीच आज भेटवार्ता भएको छ ।
चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा उनीहरुबीच आज बिहान भेटवार्ता भएको हो ।
भेटमा व्यापारिक सन्धि पुनरावलोकन, बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन र त्यसका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल भएको जनाइएको छ ।
केही सहमति पत्रमा यस छलफलपछि दुवै देशका अधिकारीहरुबीच हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
- न्युज बहार संवाददाता