चैत
१४, काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष
माधवकुमार नेपालबीच भेट भएको छ।
आज
भएको भेटमा सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ भने मन्त्रिपरिषद्लाई पूर्णता
दिने विषयमा पनि छलफल भएको हो।
प्रधानमन्त्री
दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले सरकार विस्तारको विषयमा नेताहरूबीच
महत्वपूर्ण छलफल भएको जनाएका छन।
- न्युज बहार संवाददाता