Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मेयर हर्क साम्पाङ र मेयर बालेन साहबीच भेटवार्ता।

  •   ४ वर्ष अघि | २१ चैत्र २०७९, मङ्लबार

चैत २१, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ता भएको छ ।

मेयर साम्पाङ विशेष गरेर खानेपानी आयोजनाका लागि बजेट माग्न संघीय राजधानी काठमाडौं आइपुगेका बालेनले आफ्नो कार्यकक्षमै भेट्न बोलाएका हुन ।

मेयर हर्क साम्पाङले आज भएको भेटका क्रममा किराँत संस्कृती अनुसार शुभको पहिचानको रुपमा रहेको सिलाम साक्मा बालेनलाई लगाइदिएका छन् ।

बालेनले हर्कसँगको भेटपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिलाम साक्माले मृत्युको बाटो छेके झैं, नेपालमा विकासको बाटो कसैले छेक्न नसकोस् ।’

दुई नगरहरु बीच भइरहेको पछिल्लो कामको गतिविधि, फोहोर एवम् फुटपाथ व्यवस्थापन लगायतका विषयमा छलफल भएको मेयर बालेनको सचिवालले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप