Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

लुम्बिनी प्रदेश सरकार ढल्यो, मुख्यमन्त्री लीला गिरीले पाएनन बिश्वासको मत।

  •   ४ वर्ष अघि | ११ बैशाख २०८०, सोमवार

बैशाख ११, रुपन्देही । लुम्बिनीमा एमालेको नेतृत्वमा बनेको प्रदेश सरकार ढलेको छ।  

प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको छ। 

प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा  ३३ र  विपक्षमा ५३ मत परेको छ ।

यससँगै मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । 

लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहने प्रावधान छ । मुख्यमन्त्री गिरीलाई सत्ता टिकाइराख्न ४४ सांसदको मतको आवश्यकता रहेको थियो, तर  उनले बहुमतका लागि आवश्यकभन्दा कम मत पाएका हुन् । 

  • न्युज बहार संवाददाता

थप