Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अन्तरिम सरकार गठन पछि जनजीवन सामान्य बन्दै

  •   १ वर्ष अघि | २८ भदौ २०८२, शनिबार

भदौ २८, काठमाडौँ । अन्तरिम सरकार गठन भएपछि जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ।

शनिबारदेखि सडकमा सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन्, जसका कारण मानिसहरू आफ्ना दैनिक काममा फर्किन थालेका छन्।

जेन-जीको नाममा भएको आन्दोलनका कारण मंगलबार दिउँसो काठमाडौंमा कर्फ्यू लगाइएको थियो। आन्दोलन नियन्त्रणमा लिन कठिन भएपछि मंगलबार राति १० बजेदेखि सेना परिचालन गरिएको थियो।

तर, शुक्रबार राति सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिएर अन्तरिम सरकार गठन गरेपछि स्थिति सुधार हुँदै गएको छ।

करिब तीन दिनपछि जनजीवन फेरि सामान्य गतिमा फर्किएको देखिन्छ।

  • न्युज बहार संवाददाता

थप