बैशाख
९, काठमाडौँ। विदेशी राम्रो र स्वदेशी नराम्रो भन्ने मानसिकता त्यागे मात्रै
राष्ट्रिय अर्थतन्त्रको निर्माण सम्भव रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।
आज शनिबार
काठमाडौंमा आयोजित कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै
प्रधानमन्त्री प्रचण्डले विदेशका अनुभव शिक्षा र दृष्टान्तलाई बढी महत्व दिइनुले
पनि मुलुकमा राष्ट्रिय अर्थतन्त्रको निर्माण हुन नसकेको बताएका हुन्।
प्रधानमन्त्रीले
प्रचण्डले भने ‘हामीकहाँ
विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली चाहिँ नराम्रो भन्ने मानसिकता पनि देखिन्छ। यसले
राष्ट्रिय अर्थतन्त्र निर्माण, समृद्धि र स्वाधीनतालाई सहयोग गर्दैन।’
- न्युज बहार संवाददाता