चैत २७, काठमाडौँ
। आज काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदर्शन गर्ने भएको छ
। आज राप्रपाले काठमाडौँमा बृहत् प्रदर्शन गर्न लागेको हो । राप्रपाले संवैधानिक राजतन्त्रका
पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको छ ।
आज अपराह्न
भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौँका विभिन्न स्थानको परिक्रमा गरेर
जनसभामा परिणत हुने जनाइएको छ भने राप्रपाले
प्रदर्शनमा ५० हजार भन्दा बढीलाई उतार्ने दाबी समेत गरेको छ ।
प्रवक्ता
मोहन कुमार श्रेष्ठका अनुसार पार्टीले अघि सारेको ४० बुँदे माग पूरा गराउन दबाबका
साथ जिल्लाहरूमा विभिन्न कार्यक्रम गरिएको र आज काठमाडौँमा हुन लागेको
जनप्रदर्शनमा देशभरका कार्यकर्ताहरू सहभागी हुनेछन ।
- न्युज बहार संवाददाता