Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

जहाजमा चढेर रात्रिकालीन अवस्थामा काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने छ : मेयर चिरिबाबु महर्जन

  •   ८ महिना अघि | १५ मंसिर २०८०, शुक्रबार

मंसिर १५, ललितपुर । रात्रिकालीन दुर्घटना न्यूनीकरणका लागि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेन्डर आह्वान गर्ने जनाएका छन् । 

ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा बिहीबार साँझ बोल्दै उनले क्षेत्रमा बत्ती नभएकै कारण अहिलेसम्म धोबिघाट क्षेत्रमा ३४ जना र कुसुन्ती क्षेत्रमा २४ जनाको ज्यान गइसकेकाले अबको १० दिन भित्र बत्ती बाल्नको लागि टेन्डर आह्वान गर्ने बताएका हुन। 

सडकमा स्मार्ट लाइटका लागि महानगरले यस वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको मेयर महर्जनले जानकारि दिएका छन । यसकालागी १ करोड २० लाख विद्युत् प्राधिकरणले सहयोग गर्ने हुँदा कुल ४ करोड २० करोड रुपैयाँ बत्तीका लागि छुट्टाइएको उबले बताए । उनका अनुसार अब दुई वर्षको काम सकिसकेपछि ललितपुर महानगरपालिका उज्यालो हुने समेत बताएका छन । 

मेयर महर्जनले रात्रिकालीन अवस्थामा जहाजमा चढेर काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने बताएका छन ।

  • न्युज बहार संवाददाता

थप