साउन २२,
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी
जारि भएको छ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य
विजय गच्छदार सहित तिन जना पुर्व मन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
आइतबार काठमाडौँ
जिल्ला अदालतले गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको
केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले जानकारी दिएका छन।
पूर्व
मन्त्रीहरू चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ र सञ्जयकुमार शाह विरुद्ध पनि पक्राउ पुर्जी
जारी भएको छ ।
उनिहरु चारै जना पूर्व मन्त्रीहरू माथी ललिता निवासको सरकारी जग्गा हिनामिना
प्रकरणमा ‘सरकारी
लिखत किर्ते’ गरेर
व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ ।
- न्युज बहार संवाददाता