भदौ १५, काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास जग्गा प्रकरण’ सरकारी जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरुको बयान पुरा भएको छ । जिल्ला अदालत काठमाडौँले अहिले अन्तिम एक जनाको बयान जारी रहेको जनाएको छ ।
शुक्रबारसम्मका न्यायाधीश भोलानाथ ढकालको इजलासमा १७ जना प्रतिवादीले बयान दिएका हुन् । अहिले समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको बयान जारी छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बालुवाटारको जग्गा हिनामिनामा संलग्न आरोपमा १८ जनालाई पक्राउ गरेको थियो ।
सो मुद्दाको आइतबारदेखि थुनछेक बहस सुरु हुने भएको छ ।
- न्युज बहार संवाददाता