असार १५,
काठमाडौँ । जिल्ला अदालत काठमाडौँवाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व
प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ अनुमति जारी गरिएको छ ।
बस्न्यातलाई
पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई जिल्ला अदालत
काठमाडौँले अनुमति दिएको हो। बस्न्यात फरार रहेको अनुसन्धानमा संलग्न प्रहरी
अधिकृतहरूले जनाएका छन।
अख्तियार
दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात माथी पनि बालुवाटारस्थित
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान भू–माफियासँग मिलेर सरकारी लिखत किर्ते
गरेको आरोप लागेको छ ।
बस्न्यात
भूमिसुधार मन्त्रालयको सचिव रहँदा ललिता निवाससम्बन्धी पटक–पटक पत्राचार र निर्णय गरेका थिए।
- न्युज बहार संवाददाता