बैशाख १५, काठमाडौँ। आज
बसेको प्रतिनिधि सभामा हत्या आरोपमा फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीको
बिदा अनुमोदनको विषयमा प्रतिनिधि सभामा सत्तारूढ दलहरूले विरोध जनाए पछी लफडा भएको
छ।
आजको
सभामा सभामुख देवराज घिमिरेले अन्य सांसदहरूसँगै कोइरी पनि स्वास्थ्य उपचारमा
रहेको जानकारी गराउँदै उनको बिदा पनि अनुमोदन भएको घोषणा गरे लगतै नेकपा माओवादी
केन्द्रका हितराज पाण्डेले उनको बाहेकको नाम मात्र अनुमोदन गर्न माग गरे यसमा राष्ट्रिय स्वतन्त्र
पार्टी र नेपाली कांग्रेसले पनि टेबल ठोकेर सहमति जनाए।
तर
यता सभामुखले भने कार्यसूची अघि बढाइहालेका थिए।
यसपछी
पुनः लगत्तै सत्तापक्षका सांसदहरूले उभिएर विरोध गरेका जनाए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले पनि 'राजनीतिको नाममा लाजनीति' नगर्न आग्रह गरे।
यससँगै सांसदबीच लफडा भएपछि केहीबेरका लागी बैठक स्थगित समेत भएको छ।
- न्युज बहार संवाददाता