असोज २२,
काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’ छुटाउन
त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा गएको पूर्वसभामुख कृष्णबहादुर महराका छोरा
राहुल महराले स्वीकार गरेका छन् ।
केन्द्रीय
अनुसन्धान ब्यूरो (सिआईबी)मा भेपमा लुकाएर भएको सुन तस्करीबारे बयान दिँदै राहुलले
उक्त कुरा स्वीकारेका हुन् ।
उनले सन्
२०१२ मा चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग चीनमै चिनजान भएको समेत बताएका छन् ।
राहुलले
वाङ्गलाई फलफुल ब्यापारीको रुपमा चिनेको बयान सिआईबीले जिल्ला सरकारी वकिल
कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा उल्लेखित गरिएको छ ।
- न्युज बहार संवाददाता