साउन ३, काठमाडौँ । मंगलबार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।
ओली मंगलबार राति कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।
ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाललगायत रहेका छन् ।
उनको सचिवालयले कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएको जानकारी दिएको छ ।
- न्युज बहार संवाददाता