वैशाख १६, काठमाडौँ । सरकारी विद्यालय पढ्ने गरिबका छोराछोरी पढ्नबाट वञ्चित भएको राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बताएका छन् । शाहीले आज मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शिक्षकदेखि विद्यार्थी आन्दोलनसम्मको नाममा सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरू मारमा परिरहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन ।
शाहीका
अनुसार धनीका छोराछोरी अहिले आरामले महँगो स्कुलमा पढ्न पाइरहेको तर गरिबका
छोराछोरीले शिक्षक आन्दोलनका कारण पढ्न पाएका छैनन् ।
उनले आक्रोश
पोख्दै यस विषयमा भने ‘पटक पटक
सरकार फेरियो, जाबो एउटा शिक्षा ऐन ल्याउन नसक्ने यो सरकारले यो देश चलाउँछ भन्नु
पनि दिवास्वप्न जस्तो भएको छ, सरकारले यो विषय हल गरोस्।’
- न्युज बहार संवाददाता