भदौ
१३, काठमाडौँ । एमसिसी - मिलिनियम च्यालेन्ज कर्पोरेसन अमेरिकी सहयोग परियोजना आजबाट
कार्यान्वयनमा जाने भएको छ।
सिंहदरबारस्थित
अर्थ मन्त्रालयमा बुधबार दिउँसो एक कार्यक्रम गरी एमसिसी कार्यान्वयनमा गएको घोषणा
गरिनेछ।
एमसिसीका
सम्झौता कार्य-सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरून एलफोर्ड यसै
कार्यक्रमका लागि अहिले काठमाडौँ आएका छन्।
नेपालको
नेतृत्वदायी भूमिका रहेको एमसिसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको
काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
- न्युज बहार संवाददाता