असार १३, चितवन । राजनीतिबाट रिटाएर्ड हुने
समय आएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । यसका सातै उनले
रिटायर्ड हुनुअघि कांग्रेसलाई एकढिक्का बनाउने इच्छा पनि व्यक्त गरेका छन ।
सभापति देउवाले
आज नेपाली कांग्रेस चितवनले आयोजना गरेको प्रजातन्त्र सेनानी स्व गौरीदेवी
प्रधानको सातौं दिनको पूण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा पार्टी भित्रको
गुटगत लडाइँप्रति चिन्ता व्यक्त गरेका हुन ।
यस विषयमा
उनले भने ‘टिकट
एउटाले पाउँछ, नपाउने
हराउन लाग्छ, हाम्रो पार्टीको रोग नै यही हो, हामी एक हुने हो भने हाम्रो पार्टीले
एक्लैले बहुमत ल्याउन सक्छ, म रिटायर्ड हुन लाग्या छु, यो पार्टीलाई एक बनाउने इच्छा
छ।’
- न्युज बहार संवाददाता