जेठ २६, काठमाडौँ । अदालत र संवैधानिक
निकायलाई प्रभावित पार्ने र आफ्ना पार्टीका नेता कार्यकर्तामाथि घेराबन्दी गर्ने
कोशिस भइरहेको नेपाली कांग्रेसका महामन्त्री तथा संसद गगनकुमार थापाले बताएका छन्
।
उनले आज शनिबार
काठमाडौँमा आयोजित कार्यक्रममा अदालत र संवैधानिक निकायलाई फकाउने, तर्साउने र लोभ्याउने परिपाटी देखिएको बताएका
छन ।
उनले भने, ‘अड्डालाई
प्रभावित गर्ने, अदालतलाई प्रभावित गर्ने, संवैधानिक निकायलाई प्रभावित गर्ने, ती सबैलाई तर्साउने, लोभ्याउने, फकाउने जुन परिपाटी हामी पछिल्लो समय देख्दै गइरहेका छौँ, कांग्रेसका साथीहरुलाई एक पछि अर्को, कुनै न कुनै ढंगबाट घेराबन्दी गर्ने प्रपञ्च देखिरहेका छौँ।’
उनले अघी भने ‘निर्दोष
साथीहरुलाई कहीँ कतै अप्ठेरो पार्ने कोशिस हुन्छ भने त्यो बेला सिंगो पार्टी एक
ठाउँमा आएर पार्टीले बोल्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट रहेका छौँ ।’
- न्युज बहार संवाददाता