Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

केपी ओलीले लगाएको गुन तिर्न म अदालत धाइरहेको छु: रवि लामिछाने

  •   ९ महिना अघि | ७ पुस २०८२, सोमवार

पुस ७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति व्यंग्य गर्दै आफू अदालत धाइरहनु परेको बताएका छन्।

हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीले रवि लामिछानेलाई गुन लगाएको तर त्यो गुन बिर्सिएको टिप्पणी गरेपछि, त्यसै सन्दर्भमा लामिछानेले प्रतिक्रिया दिएका हुन्। काठमाडौँ जिल्ला अदालतमा तारेख लिएर फर्किँदै गर्दा उनले उक्त टिप्पणी गरेका थिए।

लामिछानेले भने, “केपी ओलीले गुन लगाएको भन्नु भएको छ, त्यसैले त्यही गुन तिर्न म अदालत धाइरहेको छु। महिनाको सातै दिन विभिन्न जिल्लाका अदालत जानुपर्ने अवस्था छ।” उनले थपे, “शरीरमा किला गाडेजस्तो पीडा छ, अन्य अदालतमा पनि हाजिर हुन जानुपर्नेछ। आज यहाँ आएँ, अब एक हप्ताभित्र अन्य ठाउँमा पनि जानुपर्छ, शरीरभरि पीडा बाँकी नै छ।”

  • न्युज बहार संवाददाता

थप