भदौ
२४, काठमाडौँ । सरकारको दमनविरुद्ध मानव
अधिकारकर्मीहरू सडकमा उत्रिएका छन्।
हिजो भएको जेनजी आन्दोलनका कारण १९
जनाको मृत्यु भएपछि आज पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसहित मानव
अधिकारकर्मीहरू सडकमा उत्रिएका हुन।
उनीहरू घाइतेहरूको अवस्था र आन्दोलनको
वस्तुस्थिति बुझ्नका लागि विभिन्न स्थानमा पुगेका हुन्।
आज कलाकार मनोज
गजुरेललगायत अन्य कलाकारहरू पनि सडकमा देखिएका छन्। र उनीहरूले विभिन्न अस्पतालहरू पुगेर
पीडितहरूको अवस्थाबारे जानकारी लिने जनाएका छन्।
- न्युज बहार संवाददाता