Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उपप्रधान तथा गृहमन्त्रीको सम्पत्ति कति?

  •   २ वर्ष अघि | ८ जेष्ठ २०८१, मङ्लबार

जेठ ८, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्रीको सम्पत्ति सार्वजनिक भएको छ । गृहमन्त्री लामिछानेले मंगलबार आफ्नो सहित आफ्नी श्रीमती निकिता पौडेलको पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छन । 

गृहमन्त्रीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा हाल उनिसँग काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा स्थायी घर भएको जनाइएको छ । त्यस्तै गृहमन्त्री लामिछानेसँग भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको विवरणमा देखिएको छ ।

पेस गरिएको विवरण अनुसार श्रीमती र आफ्नो आयबाट ४२ लाखको टाटा नेक्सन इभी कार पनि रहेको छ ।

लामिछानेले आफ्नो सम्पत्ति विवरणमा उनको ग्लोबल आइएमई बैंकमा रहेको ५ हजार रुपैयाँ र नेपाल बैंक लिमिटेडमा रहेको १ लाख ५ हजार रुपैयाँ पनि देखाएका छन् । 

यस्तै गृहमन्त्री लामीछानेको श्रीमती निकिता पौडेलको माइती तर्फ सगोलमा गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर, १० रोपनी जग्गा, २० केजी चाँदी,  ८० तोला सुन रहेको उल्लेख गरिएको छ । विवरणमा घर किन्नका लागि १ करोड ५० लाख ऋण लिएको लेखीएको छ ।


  • न्युज बहार संवाददाता

थप