Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सात दिनभित्र सामाजिक सञ्जालहरूलाई सूचीकरण हुन सरकारको आह्वान

  •   ११ महिना अघि | ११ भदौ २०८२, बुधबार

भदौ ११, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आउँदो सात दिनभित्र सामाजिक सञ्जालहरूलाई सूचीकरण हुन सरकारले सार्वजनिक रुपमा आह्वान गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जानकारी दिएका हुन ।

उनले बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्क आउन आह्वान गरिएको बताएका छन  । उनका अनुसार सूचीकरणको लागि सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउने निर्णय भएको छ ।

सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय समेत भएको मन्त्री गुरुङले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप