चैत २७, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा युवा नेता गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल वार्ता गर्न आग्रह गरेका
मेयर बालेन शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएपछी अहिले सिंहदरबार लगायतका सरकारी कार्यालयमा फोहोर थुप्रिएको छ। यही विषयमा सोमबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै काठमाडौं–४ बाट निर्वाचित सांसद गगन थापाले प्रधानमन्त्रीलाई तत्काल बालेन शाहसँग वार्ता गर्न आग्रह गरेका हुन् ।
उनले भने प्रतिनिधी सभामा बोल्दै भने ‘प्रधानमन्त्रीलाई मेरो आग्रह छ, काठमाडौं महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौंबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस्’ ।
- न्युज बहार संवाददाता