Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजदेखी शिक्षकहरूको आन्दोलनका कारण देशभरका विद्यार्थीहरूको पठनपाठन बन्द हुने

  •   ३ वर्ष अघि | ४ असोज २०८०, बिहिबार

असोज ४, काठमाडौँ । आजदेखि शिक्षकहरूको आन्दोलनका कारण देशभर छरिएर रहेका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने देखिएको छ।  

अहिले शिक्षकहरू विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै आन्दोलनका लागि काठमाडौँ आएका छन यसकै कारण विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने देखिएको हो। 

देशभरका शिक्षक, कर्मचारीहरू नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलनका लागि काठमाडौँ आएका छन्। हिजो सरकारले संविधान दिवसको अवसरमा सार्वजनिक बिदा दिएको थियो तर  अनिश्चितकाल सम्मका लागि आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द हुन थालेको छ ।

शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।

  • न्युज बहार संवाददाता

थप