जेठ ८, काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा एक सय १३ जना पीडित भएको भन्दै हालसम्म प्रहरीको सम्पर्कमा आएका छन् भने उक्त पीडितहरुका तर्फबाट प्रहरीमा २२ जाहेरी दर्ता भएका छन।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले यस केसमा परेको जाहेरीमा २७ करोड रुपैयाँभन्दा बढी ठगी भएको उल्लेख गरेका छन।
काठमाडौं उपत्यका अपराध अनुन्धान कार्यालयले थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ परेका व्यक्तिसहित सबै फाइल जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ भने त्यसपछि पनि थप व्यक्तिले जाहेरी दिएका रिजालले जनाएका छन।
- न्युज बहार संवाददाता