Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बालेन शाहाको निर्देशनपछी सिंहदरबारको फोहोर सिंहदरबार भित्रै थुप्रियो।

  •   ४ वर्ष अघि | २६ चैत्र २०७९, आइतवार

चैत २६, काठमाडौँ। आज देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा फोहोर उठेको छैन।

काठमाडौंका मेयर बालेन शाहले शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारको फोहोर आजदेखि नउठ्ने बताएका थिए।

परिवर्तन नेपाल नामक संस्थाले सहरी विकासअन्तर्गत सिंहदरबार क्षेत्रको फोहर उठाउने र सरसफाइ गर्ने काम गर्दै आइरहेको थियो।

परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले मेयर बालेन शाहले फोहोर उठाएर सिंहदरबारबाट बाहिर ननिकाल्न निर्देशन दिएका कारण फोहोर बाहिर ननिकालेको जानकारी दिएका छन।

उनले भने, ‘हामीलाई फोहोर नउठाउन निर्देशन दिनुभएको छ, त्यही भएर फोहोर सबै कार्यलयबाट उठाएता पनि सिंहदरबारबाट बाहिर निकालेका छैनौं।’ अहिले सिंहदरबारको फोहोर उठाएर सिंहदरबार भित्रै  पुतली बगैंचामा राखिएको छ। 

  • न्युज बहार संवाददाता

थप