साउन २६, काठमाडौँ । प्रहरीले नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा आज शुक्रबार थप एक जनालाई पक्राउ गरेको छ।
काठमाडौँबाट थप एक जना चिकित्सकलाई पक्राउ गरेको सिआइबीका एसपी नवराज अधिकारीले जानकारी दिएका छन।
सुमेरू सिटी हस्पिटलकी डा. पुनम थापा चौधरी पक्राउ परेको एसपी अधिकारीले उल्लेख गरेका छन
उनलाई आज काठमाडौंस्थित घरबाट पक्राउ गरिएको हो।
यस प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ।