Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नक्कली भुटानी शरणार्थी प्रकरणः आरजु राणा देउवाको नाम लिइ सार्वजनिक भएको अडियो सन्देश शर्माको स्वरसँग मिल्यो।

  •   ३ वर्ष अघि | २४ असार २०८०, आइतवार

असार २४, काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतासमेत रहेकी सांसद आरजु राणा देउवाको नाम लिइएर बाहिर आएको अडियोको आवाज सोही प्रकरणमा अहिले जेलमा रहेका सन्देश शर्माको स्वरसँग मिलेको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ स्थायी घर भएका ३४ वर्षीय शर्मा कारागारमा रहेका छन्।

उनीमाथि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँले ठगी तथा संगठित अपराध कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ।

यता प्रहरीको साइबर ब्यूरोमा राणाले उक्त अडिओ 'फेक' भएको दाबी गर्दै सत्यतथ्य बाहिर ल्याउन  निवेदन दिएकी थिइन्।

सोही निवेदनमा अनुसान्धान गर्ने क्रममा अडियोको आवाज सन्देश शर्माको स्वरसँग मिलेको प्रहरीले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप