Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

हरेक वर्ष ५ हजार जनालाई नयाँ रोजगारी र १५ हजारलाई सीपमुलक तालिम दिने काठमाडौँ महानगरको घोषणा

  •   ३ वर्ष अघि | २१ असोज २०८०, आइतवार

असोज २१, काठमाडौँ । हरेक वर्ष ५ हजार जनालाई नयाँ रोजगारी सिर्जना गर्ने काठमाडौँ महानगरपालिकाले घोषणा गरेको छ । बेरोजगारी समस्यालाई ३ वर्षभित्र समाधान गर्न महानगरका मेयर बालेन्द्र शाहले कम्तीमा १५ हजारलाई सीपमुलक तालिम समेत दिने घोषणा गरेको हुन् ।

मेयर बालेनले रोजगारी र आयवृद्धि काठमाडौँको सम्वृद्धि’ भन्ने गौरवको योजना कार्यान्वयन गर्ने भन्दै आज एक सुचना जारी गर्दै यसका लागी श्रम बैंक मार्फत काम गर्ने बताएका हुन्।

उक्त जारी सुचनामा ‘महानगरमा रहेका अदक्ष, अर्धदक्ष र दक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याएर श्रम बैंक को स्थापना गरेर रोजगारीको अवसर बढाउने र रोजगारदाताहरूलाई सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्य सहित श्रम बैंकका योजना अन्तर्गत कार्यक्रम सञ्चालनमा ल्याएको उल्लेख गरिएको छ।श्रम बैंकमा महानगरपालिकाका अनुसार महानगरका महानगर का करदाताहरु, स्थायी बासिन्दा तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु आबद्ध हुन सक्नेछन् ।

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष२०८०/८१ मा महानगर गौरवको आयोजना, स्वर्णिम आयोजना र वडा तथा महानगरपालिका मार्फत हुने अन्य योजना छुट्टाएको थियो । बेरोजगार जनशक्तीहरुलाई श्रम बैंकमा आबद्ध गरेर आवश्यक स्थानमा परिचालन गर्ने महानगरको यो स्वर्णिम योजना अन्तर्गत रहेको योजना हो ।

यसरी श्रम बैंकमा आवद्ध भएका जनशक्तिलाई मेयर बालेनले भिडियो सन्देशमा उल्लेख गर्दै ३ क्षेत्रमा विभाजन गरेर परिचालन गर्ने बताएका छन् ।

पहिलो क्षेत्रमा महानगर भित्रै वातावरण संरक्षण, पूर्वाधार विकास, सामाजिक विकास र सरसफाइ लगायतका क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन गर्ने बालेनले बताएका छन् । यसैगरी महानगरको तयारी अनुसार महानगरको ‘जब पोर्टल’ मार्फत अन्य गैरसरकारी संघ संस्था, सरकारी निकाय, संघ संस्था, प्राइभेट कम्पनी, अन्तर्राष्ट्रिय संघ संस्थाहरु परिचालन गर्ने छ ।

मेयर बालेनले महानगरको श्रम बैंक एप मार्फत जनशक्ति व्यवस्थापनका लागि अर्को क्षेत्र आंशिक समय नोकरीको रुपमा सबै सेवा घण्टाका आधारमा तथा पटकेका रुपमा जुन सुकै कामहरु गर्न मिल्ने व्यवस्था मिलाइने बताएका छन् ।

सबै किसिमका कामदारहरुलाई काम गर्दाका बखत श्रम बैंक मार्फत सूचीकृत भएकाहरुका लागी महानगरले अनिवार्य बीमा गरिदिनेछ ।

यसैगरी मेयर बालेनले विभिन्न १५ स्थानहरुमा महानगरको गौरवको योजना मार्फत महानगरको आफ्नै ट्रेनिङ सेन्टर को स्थापना गरी नियमित १२ महिना बिहानदेखि साँझसम्म तालिम सञ्चालन गरिने बताएका छन् ।

  • न्युज बहार संवाददाता

थप