Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान

  •   ३ वर्ष अघि | २२ मंसिर २०८०, शुक्रबार

मंसिर २२, काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । आज शुक्रबार आयोगले एक सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै राजनीति दललाई दर्ता आह्वान गरेको हो । 

मङ्सिर २४ गतेदेखि २९ गतेसम्म आयोगले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताका लागि समय दिएको छ । पुस १ गते दलहरूलाई चुनाव चिह्न प्रदान गरिने चुनावी कार्यतालिकामा उल्लेख गरिएको  छ ।

दर्ता भएका दलहरूको अन्तिम नामावली पुस ४ गते प्रकाशित हुनेछ । चुनावका लागि पुस १६ गते सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ । 

  • न्युज बहार संवाददाता

थप