मंसिर
१०, काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान
नेपालको आन्दोलन स्थगित भएको छ । यस
महाअभियान अन्तर्गत मंसिर ७ गते बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन
गरेपछि हौसिएका अभियानका संयोजक दुर्गा प्रसाईंले आन्दोलन निरन्तर हुने भनेका थिए
तर जनताको साथ नदेखिएकोले आन्दोलन शिथिल बन्न पुगेको छ ।
सोही
कारणले आजको आन्दोलनको कार्यक्रम स्थगित गरेर सांस्कृतिक कार्यक्रम हुने बताइएको छ
।
आज भक्तपुरको दरबार क्षेत्रमा तय भएको कार्यक्रम नै स्थगित गरिएको छ ।
शनिबार बसेको अभियानको केन्द्रीय समिति बैठकले दरबार क्षेत्रमा गरिने भनिएको
कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
त्यसको सट्टामा आज आइतबार सांस्कृतिक कार्यक्रम हुने पनि सुचनामा
उल्लेख गरिएको छ
। जसअनुसार बिहान ११ बजेदेखि बालाजु बिजी मल, कलंकी चोक र रत्नपार्कमा कार्यक्रम हुनेछ ।
हेर्नुस सुचना:

- न्युज बहार संवाददाता