कात्तिक ५, काठमाडौँ । गृहमन्त्री रमेश
लेखकले आइतबार जिल्ला अदालत कास्की परिसरमा रवि लामिछानेले सञ्चारकर्मीहरुसँग
सरकारविरोधी अभिव्यक्ति दिएकामा सुरक्षा अधिकारीहरुसँग असन्तुष्टि व्यक्त गरेका
छन् ।
लामिछानेलाई
हिरासतमा राख्ने अनुमति माग गर्न जिल्ला अदालतमा लैजाँदा गर्दा उनले सरकारले
आफूलाई झुटा मुद्दा लगाएको र यो सरकार रहुन्जेल धेरैले दुख पाउने भनी बताएका थिए ।
सोही विषयलाई लिएर गृहमन्त्री रमेश लेखकले असन्तुष्टि जनाएका छन ।
- न्युज बहार संवाददाता