असार १३, काठमाडौँ । सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको रिट निवेदन खारेज भएको छ। सर्वोच्च अदालतले सांसद पद खारेज हुनुपर्ने माग दाबीसहित परेको रिट निवेदन खारेज गरेको छ ।
लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाइएको रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको हो । सर्वोच्च अदालतमा लामिछाने विरुद्ध युवराज सफलले दोस्रोपटक सांसद हुन अयोग्य भएको दाबीसहित रिट निवेदन दिएका थिए ।
- न्युज बहार संवाददाता