पुस ९, काठमाडौँ । आज पनि प्रमुख तीन राजनीतिक दलका नेताहरूबीच छलफल भइरहेको छ।
आज प्रधानमन्त्री
निवास बालुवाटारमा छलफल जारी रहेको छ । प्रधानमन्त्रीको सचिवालयले संक्रमणकालीन
न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउनेबारे कुराकानी भइरहेको जनाएको छ।
निरन्तर छलफल गरेर दलहरूले यस विधेयकमा सहमति जुटाउने बताउँदै आएका छन् तर सहमति भने जुट्न सकेको छैन।
- न्युज बहार संवाददाता