Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ढाकाकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा भने ‘उक्त अडियो मेरो होइन एडिट गरिएको हो।’

  •   ४ वर्ष अघि | २९ चैत्र २०७९, बुधबार

चैत २९, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएको विषयमा ढाकाकुमार श्रेष्ठले आज पत्रकारसँग आमने सामने कुरा गरेका छन। आईतबार उनको २ करोड मागेको अडियो सार्वजनिक भएको थियो। आजको पत्रकार सम्मेलनमा बोल्दै ढाकाकुमार श्रेष्ठले चुनावको मुखमा उक्त अडिओ सार्वजनिक हुनु पार्टीविरूद्धको षडयन्त्र भएको बताएका छन्।

रास्वपा केन्द्रीय समितिको बुधबार साँझ उनका बारेमा निर्णय गर्न बैठक बसिरहेका बेला यता श्रेष्ठले रास्वपा मुख्यालयमा पत्रकार सम्मेलन गरेका हुन।

श्रेष्ठले भने ‘जनवरीमा कुराकानी भएको अडिओ अहिले ल्याएर हाल्नु सुनियोजित हो, यो हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गर्न खोजेको हो। तीन वटै निर्वाचन क्षेत्रमा हराउन खोजेको हो, यो एउटा सुनियोजित योजना हो।’ 

यो विषयमा आफू अदालत गइसकेको र छिट्टै क्लिनचिट पाउने दाबी समेत गरेका छन। आज भएको पत्रकार सम्मेलनमा उक्त अडिओ आफ्नो नभएको र एडिट गरेर बनाइएको पनि उनले दाबी गरेका छन। पत्रकारहरुले सोधेका प्रश्नहरुको भने श्रेष्ठले जवाफ दिन चाहेनन्।

  • न्युज बहार संवाददाता

थप