चैत २७, काठमाडौँ। गृहमन्त्री तथा उपप्रधानमन्त्रीसमेत रहेका नारायणकाजी
श्रेष्ठले संघीय वर्तमान संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न का लागी प्रदेश
र स्थानीय सरकारसँग समन्वय गर्न प्रतिवद्ध रहेको प्रष्ट पारेका छन्। काठमाडौं
महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले स्थानीय सरकारसँग कही कतै पनि समन्वय
नगरेको आरोप लगाएपछि उनले सोमबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै यसो भनेका
हुन।
संघीय
सरकार र स्थानीय सरकारहरूबीच कुनै कामका लागि समन्वय हुनका लागि त्यस कामको औचित्य
पुष्टि हुने गरी तथ्यसंगत रूपमा आउनुपर्ने गृहमन्त्री श्रेष्ठले बताएका छन।
उनले
भनेका छन ‘काठमाडौं महानगरपालिकाका मेयरका बारेमा व्यक्तिगत रूपमा अहिले म कुनै
टिप्पणी गर्न चाहन्न। तर कुरा के हो भने- प्रदेश सरकार र स्थानीय सरकारमा समन्वय
गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न संघीय सरकार सधैँ मद्दत गर्न
प्रतिबद्ध छ।’
गृहमन्त्रीको भनाइ बल प्रयोगको लागी अनुरोध मात्र गरेर समन्वय
नहुने रहेको छ।
यस्तै
सोमबारनै पत्रकारसँग कुराकानी गर्ने क्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी
श्रेष्ठले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर काठमाडौं महानगरपालिका प्रमुखले भन्न
मिल्छ र भन्ने प्रश्न पनि गरेका छन्।
आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगर प्रमुखले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर सार्वजनिक रूपमा र सामाजिक सञ्जालबाट भनेको बताएका छन।
उनले भने, ‘महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन? तपाईंहरूलाई के लाग्छ?,अझ सार्वजनिक र सामाजिक सञ्जालमा यसरी भन्न मिल्छ कि मिल्दैन?’
- न्युज बहार संवाददाता