असार २७, काठमाडौँ । प्रधानमन्त्री पत्नी सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने निर्णय भएको छ।
सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले सिता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको जानकारी दिएकी हुन ।
मन्त्री शर्माले भनिन् ‘दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने पनि निर्णय भएको छ।’
- न्युज बहार संवाददाता