भदौ २४, काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला — काठमाडौँ, ललितपुर र भक्तपुरमा कर्फ्यु आदेश जारी गरिएको छ।
'जेनजी आन्दोलन'का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर
गर्दै तीनवटै जिल्लाका प्रशासन कार्यालयहरूले आआफ्नो क्षेत्रभित्र कर्फ्यु लागू
गरेका हुन्।
काठमाडौँमा:
काठमाडौं
जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन,
२०२८
को दफा ६ (क) अनुसार मंगलबार बिहान ८:३० बजेदेखि अर्को आदेश नआएसम्मका लागि
कर्फ्यु आदेश जारी गरेको हो।
कर्फ्यु
काठमाडौं महानगरपालिकाको चक्रपथ क्षेत्रभित्र लागू हुनेछ — बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल
चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु
हुँदै बागमती नदीको पुलसम्मको सम्पूर्ण क्षेत्रमा लागू हुने जनाइएको छ।
प्रमुख
जिल्ला अधिकारी छविलाल रिजालका अनुसार, तोकिएको क्षेत्रमा
कुनै पनि व्यक्ति आवतजावत, भेला, सभा,
जुलुस, प्रदर्शन वा घेराउजस्ता गतिविधि गर्न
नपाउनेछ।
ललितपुरमा:
ललितपुर
जिल्ला प्रशासन कार्यालयले पनि स्थानीय प्रशासन ऐनको दफा ६ (क) अनुसार मंगलबार
बिहान ७ बजेदेखि राति १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।
कर्फ्यु
ललितपुर महानगरपालिकाको वडा नं २, ४, ९,
१८
र २५ का केही क्षेत्रमा लागू गरिएको छ।
प्रमुख
जिल्ला अधिकारी सुमन घिमिरेले कर्फ्यु अवधिभर तोकिएको क्षेत्रभित्र सबै प्रकारका
जमघट, हिँडडुल, सभा,
प्रदर्शन
र अन्य भिडभाडजन्य गतिविधि निषेध गरिएको जानकारी दिएका छन्।
भक्तपुरमा:
भक्तपुर
जिल्लामा पनि मंगलबार बिहान ८:३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरिएको
छ।
जिल्ला
प्रशासन कार्यालय भक्तपुरका अनुसार, स्थानीय प्रशासन ऐन
अनुसार कर्फ्यु आदेश जारी गरिएको हो।
मध्यपुर
थिमी, सूर्यविनायक, चाँगुनारायण र भक्तपुर नगरपालिकाका
क्षेत्रहरूमा कुनै पनि किसिमको आवतजावत, भेला, सभा,
प्रदर्शन, बैठक र जुलुस निषेध गरिएको छ।
तीनवटै जिल्लामा जारी
आदेश अनुसार, अत्यावश्यक
सेवाबाहेकका गतिविधिहरू पूर्णरूपमा निषेध गरिएका छन्।
- न्युज बहार संवाददाता