चैत
७, काठमाडौँ। सरकारमा जाने गृहकार्य गर्न नेकपा एकीकृत समाजवादीले कार्यदल बनाएको छ।
अध्यक्ष
माधवकुमार नेपाल र उपाध्यक्षद्वय प्रमेश हमाल र बेदुराम भुसाल रहेको कार्यदल गठन आज
केन्द्रीय कार्यालयमा बसेको ५४ औं सचिवालय बैठकले गरेको हो।
सचिवालय
बैठकमा समसामयिक राजनीति, केन्द्र
र प्रदेश सरकारलगायत विभिन्न विषयमा छलफल गरिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले
जानकारी दिएका छन।
खतिवडाकाअनुसार
सरकार गठन प्रक्रियाबारे गृहकार्य गर्न अध्यक्ष नेपालसहित रहेको कार्यदल गठन गर्ने
सचिवालय बैठकले निर्णय गरेको हो।
उनले यो आज
बनेको कार्यदलले गठबन्धन बैठकमा सरकारमा जाने मन्त्रीहरू छान्ने, पार्टीले पाउने मन्त्रालयबारे छलफल
गर्ने, नीति तथा
कार्यक्रम बनाउने, केन्द्रदेखि
प्रदेशसम्म मन्त्रालय बाँडफाँटलगायतबारे गृहकार्य गर्ने पनि को भनाइ छ।
- न्युज बहार संवाददाता