बैशाख ११, बारा । बारा क्षेत्र नम्बर २ को मतगणना भर्खरैवाट सुरु भएको छ ।
बाराको कलैयास्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो । अहिले करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको छ । ती पालिकाहरुका ६, ६ वटा मतपेटिका खोलिएको हो।
यसअघि मत गणनास्थलमा बस्ने केही उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मत गणनामा ढिलाई भइरहेको थियो ।
- न्युज बहार संवाददाता