असार १०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह) विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। मेयर शाह विरुद्ध अदालतको अवहेलना गरेको भनी निवेदन दर्ता भएको हो ।
मेयर शाह विरुद्ध अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना गरेकोमा कारवाही हुनुपर्छ भनी निवेदन पेश गरेकी हुन् ।
- न्युज बहार संवाददाता