असार १९, काठमाडौँ । संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउन प्रमुख तीन राजनीतिक दल सहमत भएका छन् ।
आज मंगलबार सिंहदबारमा बसेको बैठकमा सभामुख देवराज घिमिरे, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका शीर्ष नेता र नेकपा एमालेको संयुक्त बैठकले सभापति चयन प्रक्रिया अघि बढाउने सहमति गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता