Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अझै एक साता कांग्रेस सरकारमा नजाने।

'अझै एक साता कांग्रेस सरकारमा सहभागि हुदैन।’

  •   ४ वर्ष अघि | १ चैत्र २०७९, बुधबार

चैत १, काठमाडौ। नेपाली कांग्रेसले लामो समयपछि आज केन्द्रीय कार्यसम्पादन समिति बैठक राखेको थियो।

बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा सहभागी भएका थिए। बैठकमा छलफलका लागि जम्मा चार वटा विषय थियो।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएकोमा धन्यवाद दिने। उपराष्ट्रपति निर्वाचन,  उपनिर्वाचन र सरकारमा पार्टीको सहभागिता।

आजको बैठकमा समसामयिक राजनीति र सरकारमा जाने विषयमा पनि केहीबेर छलफल चलेको थियो। 

राष्ट्रपति चुनावका बेला भएको गठबन्धनबाट अब सरकार विस्तार हुनेछ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि मात्रै कांग्रेसले सरकारमा सहभागीता जनाउने छलफल गरेको छ।

प्रवक्ता प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री दाहालले चैत ८ गतेभन्दा पहिले नै विश्वासको मत लिने तयारी गरेका छन्। प्रवक्ता महतले भने ‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै कांग्रेस सरकारमा सहभागी हुने विषयमा छलफल हुनेछ, अझै एक साता कांग्रेस सरकारमा सहभागि हुदैन।’

  • न्युज बहार संवाददाता

थप