Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भारतका प्रमुख दल कंग्रेस आईका नेता राहुल गान्धीलाई दुई वर्ष जेल सजाय।

  •   ४ वर्ष अघि | ९ चैत्र २०७९, बिहिबार

चैत ९, काठमाडौँ। एउटा अदालतले भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई दुई वर्ष जेल सजाय सुनाएको छ।

टाइम्स अफ इन्डियाले उल्लेख गरे अनुसार गान्धीलाई सुरत जिल्ला अदालतले भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै बिहीबार उक्त सजाय सुनाएको हो।

गान्धीले विरुद्ध भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए। गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर मुद्दा फाइल भएको थियो।

‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले दिएका थिए।

गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै अदालतमा मुद्दा हालेका थिए।

गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए सुरत जिल्ला अदालतले ३० दिनको समय दिएको छ र अहिलेका लागी उनलाई धरौटीमा छोडेको छ।

 

  • न्युज बहार संवाददाता

थप