भदौ १९, काठमाडौँ । २४ घण्टे सेवा सुरुआतपछि हेल्लो सरकारमा गुनासा बढ्न थालेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको २४ घण्टे सेवाअन्तर्गत हेल्लो सरकारमा सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गरीन । प्रधानमन्त्री दाहालको सचिवालयले उक्त गुनासोपछि तत्कालै शिक्षण अस्पतालसँग समन्वय गरी बेडको प्रबन्ध गरिएको जानकारी दिएको छ ।
उक्त सेवापश्चात फोनमार्फत गुनासो टिपाउनेको सङ्ख्या अधिक रहेको र आम नागरिकको चासो तथा विश्वास बढेको देखिएको सचिवालयले जनाएको छ ।
- न्युज बहार संवाददाता