असोज ८, काठमाडौँ । चीन र नेपालबीच विभिन्न १२ वटा विषयमा सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा रहेका समय चिनियाँ समकक्षी ली छ्याङबीच भएको प्रतिनिधि मण्डलस्तरीय भेटवार्तापछि १२ वटा विभिन्न सम्झौतामा हस्ताक्षर भएको जनाइएको छ ।
उर्जा, पूर्वाधार विकास, पर्यटन, कृषिलगायत क्षेत्रमा र एउटा लेटर अफ एक्सेन्जमा हस्ताक्षर भएको प्रधानमन्त्री कार्यलय स्रोतले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले चीनसँग भएका यी सम्झौताबारे औपचारिक जानकारी भने दिन बाँकी रहेको छ ।
- न्युज बहार संवाददाता