असोज २४, काठमाडौँ । माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल महराविरुद्ध भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा मुद्दा दर्ता भएको छ ।
मंगलबार काठमाडौँ जिल्ला अदालतमा राहुल महरा लगायत अन्य ५ जना विरुद्ध मुद्दा दर्ता भएको हो ।
भन्सार ऐन, २०६४ को दफा ५७ अनुसार प्रहरीले राहुल महरा लगायतका व्यक्तिहरुको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदावी लिएको छ ।
- न्युज बहार संवाददाता