पुस २२, काठमाडौँ । उपकुलपति नियुक्तिका लागि त्रिभुवन विश्वविद्यालयद्वारा दरखास्त आह्वान गरिएको सूचना रद्द गरिएको छ । २१ पुसको निर्णय अनुसार गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना रद्द गरिएको त्रिविले जानकारी दिएको छ ।
त्रिविकै कुनै एक पदाधिकारीलाई उपकुलपति बनाउने योजनासहित समितिले दरखास्तको व्यहोरा राखेर विज्ञापन खोलेपछि चौतर्फी आलोचना भएको थियो । त्यसपछि उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनको प्रावधान सच्याउन प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए ।
समितिले प्रधानमन्त्रीको निर्देशनपछि प्रकाशित विज्ञापन रद्द गरेको छ । अब नयाँ विज्ञापन प्रावधान सच्याएर खोलिने जनाइएको छ ।

- न्युज बहार संवाददाता