बैशाख
१०, काठमाडौँ । आइतबार बिहान १० बजेसम्म उपनिर्वाचन भइरहेका तीन निर्वाचन
क्षेत्रमध्ये चितवन २ मा सबैभन्दा धेरै मत खसेको छ ।
सहायक मतदान अधिकृत ईश्वरी आचार्यले चितवन २ मा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको जानकारी दिएका छन ।
सहायक मतदान अधिकृतका अनुसार चितवनमा बिहानैदेखि चितवनमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ।
- न्युज बहार संवाददाता